शब्द र लेखनको साथी

शब्दसखाबारे

शब्दसखाले नेपाली शब्दको अर्थ, स्रोत र प्रयोग भेटाउन तथा लेखाइको वर्णविन्यास जाँच्न शब्दकोश सामग्री र खुला स्रोत भाषा प्रविधिलाई एउटै ठाउँमा जोड्छ।

नेपाली अर्थका मुख्य स्रोत

अर्थ खोज र नेपाली शब्द-पहिचानका लागि यी शब्दकोश मुख्य स्रोत हुन्:

  • नेपाली बृहत् शब्दकोश नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट वि.सं. २०४० मा प्रकाशित; नेपाली एकभाषिक शब्दकोश परम्पराको आधारभूत कृति।
  • प्रज्ञा नेपाली बृहत् शब्दकोश नेपाल प्रज्ञा-प्रतिष्ठानबाट वि.सं. २०७९ मा प्रकाशित; अघिल्लो कोशको आधार विस्तार गर्दै नवप्रचलित, प्राविधिक, क्षेत्रीय र विभिन्न भाषाबाट आएका शब्दसमेत समेटिएको कृति।

पृष्ठभूमि: डा. यज्ञेश्वर निरौलाको नेपाली शब्दकोश परम्परासम्बन्धी अध्ययन

संस्कृत सन्दर्भ स्रोत

नेपाली प्रविष्टिमा संस्कृत स्रोतको संकेत हुँदा मूल रूप र थप अर्थ हेर्न यी सन्दर्भ कोश प्रयोग हुन्छन्:

  • आप्टे संस्कृत-हिन्दी शब्दकोश हिन्दीमा व्याख्या नेपाली शब्दको संस्कृत मूल हिन्दी व्याख्यासहित हेर्न सहयोगी।
  • मोनियर-विलियम्स संस्कृत-अंग्रेजी शब्दकोश अंग्रेजीमा व्याख्या · सन् १८९९ संस्कृत शब्दको व्युत्पत्ति र अंग्रेजी अर्थका लागि मानक सन्दर्भ कोश।
  • आप्टे संस्कृत-अंग्रेजी शब्दकोश अंग्रेजीमा व्याख्या · सन् १८९० शास्त्रीय संस्कृत प्रयोगका उदाहरणसहितको व्यावहारिक कोश।
  • वाचस्पत्यम् संस्कृतमा व्याख्या · सन् १८७३ संस्कृतमै व्याख्या गरिएको विस्तृत परम्परागत कोश।

वर्णविन्यास कसरी जाँचिन्छ?

वेब र PDF वर्णविन्यास परीक्षकले Varnavinyas को नियम-आधारित खुला स्रोत इञ्जिन प्रयोग गर्छ। वेबमा यो विश्लेषण ब्राउजरभित्रै चल्छ। शब्दको अर्थ, मूल रूप वा मिल्दोजुल्दो शब्द हेर्न बृहत् र प्रज्ञा शब्दकोशका नतिजा पूरक रूपमा देखाइन्छन्।

वर्णविन्यास सुझावहरू सहायक संकेत हुन्; सन्दर्भअनुसार अन्तिम निर्णय प्रयोगकर्ताले गर्नुपर्छ।

सुधार र सहभागिता

शब्दकोश सामग्री, प्रदर्शन वा वर्णविन्यास सुझावमा समस्या भेटिएमा जानकारी दिनुहोस्। शब्दसखा र Varnavinyas दुवै निरन्तर सुधार भइरहेका परियोजना हुन्।

अब प्रयोग गरेर हेर्नुहोस्

शब्दको अर्थ खोज्नुहोस् वा आफ्नो लेखाइको वर्णविन्यास जाँच्नुहोस्।