Romanized: a

अ (a) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अ(१)

१..
देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पहिलो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने ह्रस्व स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार आधाखुला, केन्द्रीय स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
२..
लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति स्वरवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पहिलो चिह्न ।

अ(२)

([संस्कृत] नाम)
१..
ॐ भित्र अन्तर्निहित मानिएका अ+उ+म् तीन ध्वनिमध्ये विष्णुलाई बुझाउने पहिलो ध्वनि। (उ तथा म् ध्वनि क्रमशः शिव तथा ब्रह्मालाई बुझाउने मानिन्छन्।)
२..
संस्कृत एकाक्षरी कोशअनुसार मूलतः विष्णुलाई जनाउने मङ्गलवाची शब्द।
३..
(पूर्वसर्ग) शब्दका अगाडि लागी अभाव, भिन्नता, विपरीतता आदि अर्थ बुझाउने पूर्वसर्ग (अगति, अज्ञान, अफाप, अयोग्य इ.)।

अ(३)

(निपात)
1.
झर्को, गाली, बेवास्ता, अस्वीकार आदि बुझाउन आवेगका अवस्थामा प्रयोग गरिने विस्मयादिबोधक शब्द; आ। (उदा.- अ, बिनसित्ति कति चलेको? अ, म यति बेला बजार जान्नँ।)

उदाहरण वाक्य

  • अ, बिनसित्ति कति चलेको? अ, म यति बेला बजार जान्नँ।

सम्बन्धित शब्दहरू