अनुभव

Romanized: anubhav, anubhawa, anubhaw, anubhaba

इन्द्रिय वा स्नायुहरूका माध्यमबाट उत्पन्न उद्दीपनको फलस्वरूप प्रकट हुने मानसिक अनुक्रिया; अनुभूति; संवेदन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
इन्द्रिय वा स्नायुहरूका माध्यमबाट उत्पन्न उद्दीपनको फलस्वरूप प्रकट हुने मानसिक अनुक्रिया; अनुभूति; संवेदन।
२.
पाँचै इन्द्रियले भोगी केही कुरो चाल पाउने क्रिया वा त्यसरी चाल पाएको ज्ञान।
३.
भोगाइ, चेताइ, बेहोराइ आदिको क्रिया वा प्रक्रिया।
४.
उक्त क्रियाप्रक्रियाबाट प्राप्त मानसिक बोध।
५.
स्वाद, गुण, विशेषता आदिको उपभोग तथा त्यस्तो उपभोगबाट प्राप्त बौद्धिक लाभ।
६.
उमेर, व्यस्तता, सहभागिता आदिले गर्दा विचार र शिल्पमा आउने परिपक्वता; दक्षता; चातुर्य।

सम्बन्धित शब्दहरू