कोर्नु
Romanized: kornu
कुनै तिखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
स. क्रि. [संस्कृत कुट्टन]
१.
कुनै तिखो वा चुच्चो वस्तुले धर्को पार्नु; कोतर्नु।
२.
नङ, नङ्ग्रा आदिले शरीरका अङ्गमा दरफऱ्याउनु; फहराउनु।
३.
पाछ्नु; खोस्याउनु।
४.
थाँक्रो, काइँयो आदिले कपाल तलास्नु, केश बाट्न तयार पार्नु।