खन्नु
Romanized: khannu
कुटो, कोदालो, कोदाली आदि विभिन्न आकारका फलामे हतियारले जमिन खोस्रनु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत खन्]
१.
कुटो, कोदालो, कोदाली आदि विभिन्न आकारका फलामे हतियारले जमिन खोस्रनु।
२.
बाली लगाउनका लागि खेतबारीको माटो ओल्टाइपल्टाइ गर्नु वा खुकुलो पार्नु।
३.
थाहा नपाउने चालले अर्कालाई दुःख दिनु वा सताउने प्रयास गर्नु। (उदा.- उसले भित्रभित्रै तिम्रो जरोकिलो खन्न लागेको छ)।
उदाहरण वाक्य
- उसले भित्रभित्रै तिम्रो जरोकिलो खन्न लागेको छ