खिइनु
Romanized: khiinu
घोटिएर वा दलिएर घट्न जानु; सानो हुँदै जानु, पातलिँदै जानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [प्राकृत खय८ संस्कृत क्षय+नु]
१.
घोटिएर वा दलिएर घट्न जानु; सानो हुँदै जानु, पातलिँदै जानु।
२.
खई जम्नु; खिया लाग्नु।
३.
सन्तान नसप्रनु।
४.
दुब्लाउनु, ख्याउटे बन्नु।
५.
मासिँदै जानु।