खोल्नु
Romanized: kholnu
बन्द भएको अवस्थाबाट खुला पार्नु; उघार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [खुला+नु]
१.
बन्द भएको अवस्थाबाट खुला पार्नु; उघार्नु।
२.
बन्धनबाट मुक्त पार्नु; फुक्का गर्नु वा छाडा गर्नु।
३.
नयाँ पसल, कारखाना, विद्यालय आदिको स्थापना गर्नु; उद्घाटन गर्नु।
४.
बन्द भएको कामकुरो फेरि सुरु गराउनु वा चलनमा ल्याउनु।
५.
निकाल्नु; आविष्कार गर्नु।
६.
दाम्लो, खोर आदिबाट फुक्का गर्नु; छाड्नु।
७.
कविता आदि वा कुनै शास्त्रीय विषयको स्पष्ट नभएको अर्थ स्पष्ट गराउनु; व्याख्या गर्नु।
८.
अनावृत गराउनु।
९.
दौडाउनु; कुदाउनु।