गौतम
Romanized: gautam, gautama
इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आफ्नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
इन्द्रका साथ अनुचित सम्बन्ध भएका कारणले आफ्नी पत्नी अहल्यालाई श्राप दिएर पछि रामचन्द्रले उद्धार नगरेसम्म पत्थर पारिदिने एक ऋषि; न्यायशास्त्रका प्रसिद्ध आचार्य र प्रणेता एक ऋषि।
२.
बौद्ध धर्मका प्रवर्तक बुद्धको एक नाम।
३.
सप्तर्षिमध्येका एक ऋषि वा तारा।
४.
गौतम ऋषिको वंशमा जन्मेको व्यक्ति ।