ताउ
Romanized: taau, tau
ताउ (taau) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ताउ(१)
(नाम [फारसी ता])
1.
कागतको नपट्याइएको सिङ्गो पत्र।
ताउ(२)
(नाम [प्राकृत ताव])
1.
रोटी पकाइने, बाटुलो फलामे वा ढुङ्गे पातो; तावा।
ताउ(३)
(नाम [फारसी ताब])
१..
अरूमा प्रभाव पार्न वा रोब जमाउन फुर्तीसँग जूँगा मुसार्ने काम; सेखी गर्ने चाल; घमन्ड।
२..
तताएर लुगा सम्म्याउने एक किसिमको इस्त्रीजस्तो फलामे साधन।
३..
आँच; ताप।