परीक्षा

Romanized: parikshaa, pariksha, pariksaa, pariksh

योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित पारख गर्ने काम; जाँच गर्ने काम; जाँच;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
योग्यता, विशेषता, सामर्थ्य, गुण आदिको स्तर निर्णय गर्नका निम्ति ठिकसित पारख गर्ने काम; जाँच गर्ने काम; जाँच; जँचाइ।
२.
कुनै वस्तुको गुण, दोष आदिको अनुभव गर्नका निम्ति गरिएको प्रयोग; पारख।
३.
प्राचीन न्यायालयमा अभियुक्त वा साक्षीको सच्चाइ जाँच्ने क्रिया; दिव्यपरीक्षा।
४.
तर्क, प्रमाण आदिबाट कुनै वस्तुका यथार्थ तत्त्वको निरूपण गर्ने काम; निष्पक्षता।

सम्बन्धित शब्दहरू