बिल
Romanized: bil, bila
बिल (bil) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
बिल(१)
१..
जमिन, भित्ता आदिमा परेको प्वाल ।
२..
सर्प, मुसो आदि बस्ने दुलो।
३..
गुफा; गुहा।
बिल(२)
१..
कुनै मालसामान बिक्री गर्दा वा बुझ्दाबुझाउँदा मूल्य वा पारिश्रमिकको फाँट, रकम आदि खुलाई लेखिने कागत; रसिद।
२..
विधायिकामा प्रस्तुत गरिने कानुनको मसौदा; विधेयक।