ब्याज

Romanized: byaaja, byaaj, byaj, byaja

ब्याज (byaaja) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ब्याज(१)

(नाम [अड्])
१..
जागिरदारले दर्जाअनुसार लगाउने सुनचाँदीको सरकारी चिह्नविशेष।
२..
कुनै चित्र वा सङ्केत भएको, धातु, कपडा, कागत आदिबाट बनाइएको लुगा, कोट आदिमा लगाइने चिह्न।

ब्याज(२)

(नाम [संस्कृत ब्याज])
1.
कसैले लिएको नगदी वा जिन्सी सापटीमा मूल धनभन्दा बेसी लाग्ने कबुलअनुसारको वा निर्दिष्ट वृद्धिको नगदी अथवा जिन्सी रकम; रिनीले बुझाउने साउँबाहेकको अतिरिक्त धन वा वस्तु।

सम्बन्धित शब्दहरू