मच्चनु

Romanized: machchanu, macchanu, machcanu, maccanu

पिङ, रुख, लहरा आदिमा समातेर खुब हल्लनु; झुल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [प्राकृत मच्चई+नु]

१.
पिङ, रुख, लहरा आदिमा समातेर खुब हल्लनु; झुल्नु।
२.
कुनै कामकुरामा सुरिएर लाग्नु।
३.
कस्सिएर कतै हिँड्नु।
४.
एकदमै खैलाबैला हुनु, होहल्ला चम्कनु।
५.
मुद्दामामिला, झैझमेला आदि चर्कनु।
६.
कुनै कुरामा उत्कण्ठित हुनु; चौचौ हुन थाल्नु।

सम्बन्धित शब्दहरू