मत

Romanized: mat, mata

मत (mat) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

मत(१)

(नाम [लेप्चा])
1.
लेप्चा जातिको कर्मकाण्ड गराउने पुरोहित; लेप्चाको धर्मगुरु।

मत(२)

(नाम [संस्कृत मद])
1.
मादक पेय पदार्थ; मदिरा; रक्सी, जाँड आदि।

मत(३)

(नाम [संस्कृत])
१..
कुनै विषयका सम्बन्धमा सोची-सम्झी प्रकट गरिने विचार; राय; सम्मति।
२..
कुनै धार्मिक भावनाले प्रेरित सम्प्रदाय; पन्थ।
३..
आन्तरिक अभिप्राय; आशय।
४..
निर्वाचनमा कुनै व्यक्ति, व्यवस्था वा पक्षलाई छान्न दिइने सम्पति; भोट।

सम्बन्धित शब्दहरू