Romanized: ra

दुई समान पद, पदावली वा वाक्य जनाउनलाई जोड्ने शब्द; योजक शब्द; तथा; अनि। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
दुई समान पद, पदावली वा वाक्य जनाउनलाई जोड्ने शब्द; योजक शब्द; तथा; अनि।
२.
यसकारण (उदा.- तिमीले बोलायौ र म आएँ) ।
३.
(क्रियाविशेषण) त्यसपछि; अनि (उदा.- र मैले उसलाई निकै गाली गरें।
४.
(निपात) वाक्यान्तमा आई प्रश्नको आशय बुझाउने निपात (उदा. मैले भनेको थिएँ र?)।

उदाहरण वाक्य

  • तिमीले बोलायौ र म आएँ