शक्ति
Romanized: shakti, sakti
तन, मन वा धनका रूपमा रहने सामर्थ्य; जोड; बल; तागत; पराक्रम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तन, मन वा धनका रूपमा रहने सामर्थ्य; जोड; बल; तागत; पराक्रम।
२.
राज्यमा रहने प्रमुख तत्त्व (प्रमुख उत्साह, मन्त्रणा आदि)।
३.
सक्रिय दैवी सामर्थ्यका रूपमा रहेका देवपत्नी वा स्त्रीदेवता (इन्द्राणी, वैष्णवी, ब्रह्माणी, ब्रह्मवादिनी, कौमारी, नारसिंही र वाराही)।
४.
ईश्वरीय प्रकृति वा माया।
५.
शब्दका विविध अर्थ बुझाउने तीन सामर्थ्य वा अर्थशक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
६.
वाष्प, ऊर्जा वा बिजुलीबाट पैदा हुने सामर्थ्य; क्षमता।
७.
भग; योनि (तन्त्रमा)।
८.
प्रहार गरिने अस्त्र (भाला, बर्छा आदि)।
९.
वास्तु वा मूर्तिमा नौ अमल बराबरको नाप; नौ अङ्गुल; मात्राको नौगुना बराबरको नाप; प्रादेश, सूत्र, ग्रह वा द्वार बराबरको नाप।