Romanized: sha, sh, sa

स (sha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स(१)

1.
देवनागरी वर्णमालाको बत्तीसौं व्यञ्जनवर्ण; संस्कृत-परम्पराअनुसार दन्त्य र नेपाली उच्चारणअनुसार तालु- दन्तमूलीय अघोष अल्पप्राण ऊष्म ध्वनि; लेख्य रूपमा सो वर्ण वा ध्वनिको प्रतिनिधित्व गर्ने लिपिचिह्न; पातलो स।

स(२)

(अव्यय [संस्कृत])
1.
नामशब्दका अगाडि जोडिएर सहित, सदृश, सम, सह, सित, समेत आदि अर्थ जनाउने उपसर्गजस्तो एकाक्षरी शब्द (जस्तो- सपरिवार, सगोल, सजाति, सगोत्री, सप्रयास, सकर्मक, सहित, सानुकूल इ.)।