संहिता
Romanized: samhitaa, sanhitaa, sanhita, samhit
संहित हुनाको भाव वा अवस्था; संयोग; मेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
संहित हुनाको भाव वा अवस्था; संयोग; मेल।
२.
व्याकरणमा अक्षरहरूमा हुने पारस्परिक सन्धि।
३.
निश्चित रूपमा चलेको वा क्रमबद्ध रूपमा एकत्रित गरी मिलाइएको आचार, नियम, विधि आदिको सङ्कलन वा तत्सम्बन्धी विधिव्यवहार (जस्तो- धर्मसंहिता, आचारसंहिता, दण्डसंहिता आदि)।
४.
गद्यलेख आदिको क्रमबद्ध सङ्ग्रह, सङ्कलन।
५.
मन्त्रद्रष्टा ऋषिहरूद्वारा लोकहितका निम्ति सङ्कलन भएका उपासना, ज्ञान, यज्ञविधि, आशीर्वादात्मक सूक्त आदिसित सम्बन्धित (वेदको ब्राह्मणभागदेखि भिन्न) मन्त्र वा प्रार्थनाको समूह।