सुर्क्याउनु
Romanized: surkyaaunu, shurkyaaunu, shurkyaunu, surkyaunu
सुर्क्याउनु (surkyaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सुर्क्याउनु(१)
(सकर्मक क्रिया [सुर्क+याउ+नु])
१..
कमिज, दौरा आदिका बाहुला माथि सार्नु; सुर्कनु।
२..
फुरुङ्ग पार्नु; झोक चलाउनु; उत्तेजित पार्नु; उचाल्नु।
३..
लत्रेको लुगा आदि तानेर समाल्नु।।
४..
सुर्केनी पर्ने गरी कस्नु; सुर्काउनी पार्नु।
सुर्क्याउनु(२)
(सकर्मक क्रिया)
1.
सुरुप्प पार्नु; सुर्को वा सुर्पो पारेर निल्नु वा पिउनु।