अतिथि
Romanized: atithi
तिथि नतोकीकन वा नबोलाईकन आउने पाहुना; अनाहूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
तिथि नतोकीकन वा नबोलाईकन आउने पाहुना; अनाहूत।
२.
कुनै पनि पाहुना; अभ्यागत।
३.
आमन्त्रित व्यक्ति।
४.
समारोह आदिमा विशेष सम्मानका साथ निम्त्याइएको व्यक्ति।
५.
कुनै कार्यालय, कम्पनी आदिबाट खटिएर सम्बन्धित कार्यालय, कम्पनी आदिमा विशेष कार्यवश आइपुगेको व्यक्ति।