आत्मा

Romanized: aatmaa, aatma, atmaa, aatm

शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रिय र अभौतिक शक्ति।
२.
मन वा अन्तःकरणका व्यापारको ज्ञान गराउने सत्ता; जीवात्मा।
३.
सत्, चित् र आनन्दसम्बन्धी पदार्थ; चैतन्य तत्त्व।
४.
मन; चित्त; हृदय।
५.
कुनै वस्तुको गूढ वा सार तत्त्व। (शब्दको आत्मा, काव्यको आत्मा इ.)।

सम्बन्धित शब्दहरू