ऊ
Romanized: oo, uu, u
ऊ (oo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
ऊ
1.
ऊ- देवनागरी वर्णमालाको स्वरवर्णमध्ये छैटौँ स्वरवर्ण; परम्परागत रूपमा ओष्ठस्थानबाट उच्चारण हुने, दीर्घ स्वर मानिएको र भाषाविज्ञानअनुसार पश्च र बन्दसमेत मानिएको दीर्घ स्वर; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
ऊ(१)
(सर्वनाम [संस्कृत अदस्])
१..
प्रथम पुरुषको एकवचन बुझाउने शब्द; त्यो।
२..
टाढाको वस्तुलाई औंल्याएर वा तोकेर देखाउँदा भनिने शब्द।