काँडो
Romanized: kaamdo, kaando, kando, kamdo
हाँगा, डाँठ, पात आदिमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कण्टक ]
१.
हाँगा, डाँठ, पात आदिमा पलाउने आलपिन वा सियाको टुप्पोजस्तो घोच्ने वस्तु।
२.
दुःख दिने मानिस; शत्रु।
३.
सङ्ङ्कष्ट ।
४.
बाधा; अड्काउ; व्यवधान; भाँजो।
५.
सालनाल ।
६.
डरले शरीरमा ठडिएका रौं।
७.
नदीनालामा बग्ने एक किसिमको विषालु फिंज।