कुट्नु

Romanized: kutnu

मान्छे वा बस्तुभाउलाई तह लाउन र सास्ती दिन मुड्की, लबटो, लौरो आदिले हिर्काउनु; ताडना गर्नु; पिट्नु; ठोक्नु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स. क्रि. [संस्कृत कुट्ट नु]

१.
मान्छे वा बस्तुभाउलाई तह लाउन र सास्ती दिन मुड्की, लबटो, लौरो आदिले हिर्काउनु; ताडना गर्नु; पिट्नु; ठोक्नु; ठटाउनु।
२.
लोहोरो, मुस्ली आदिले टुक्रिने वा धुजिने गरी औषधी, मसला आदि पिँध्नु।
३.
मुला, अदुवा, काँचा आँप आदिलाई थ्याचथ्याच पार्नु।
४.
मुसलको चोट पारी चिउरा, चामल आदि बनाउनु।
५.
मास, गहत, कोदो आदिका दाना झार्न घोचाले हिर्काउनु।
६.
परेका पानीले भिजाउनु; चुट्नु।

सम्बन्धित शब्दहरू