कुर
Romanized: kur, kura
खास गरी जाडो याममा माछाहरू एकै ठाउँमा थुप्रिएर बस्ने काम वा त्यस्तो ठाउँ; माछाको गुँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कुल]
१.
खास गरी जाडो याममा माछाहरू एकै ठाउँमा थुप्रिएर बस्ने काम वा त्यस्तो ठाउँ; माछाको गुँड।
२.
थुप्रो; रास।
३.
अंश; भाग- जस्तै- एक कुर- सय भागको एक भाग, त्रिकुर- तीन भागको एक भाग। यस्तै चौकुर, पचकुर आदि। (पश्चिम भेगका थारू जातिमा जग्गाको कुत बाँड्ने हिसाबमा यो चलन प्रसिद्ध छ)।