खाका
Romanized: khaakaa, khaaka, khakaa, khaak
रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रङ भर्न बाँकी रहेको रेखाचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी खाक]
१.
रेखाहरूबाट निर्मित आकृति वा चित्रको प्रारम्भिक रूप; रङ भर्न बाँकी रहेको रेखाचित्र।
२.
त्यसै खालको रेखा वा ढाँचा बनाइने कागज; नक्सा; मानचित्र।
३.
समयसमयमा हुने उतारचढाउ, परिवर्तन आदि सूचना गर्ने रेखात्मक अङ्कन; ग्राफ।
४.
कुनै पत्र, लेख, विधान आदिको आरम्भिक रूप; रूपरेखा; मसौदा (ड्राफ्ट)।