खानु

Romanized: khaanu, khanu

खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु, भोजन गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत खाद्+नु]

१.
खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु, भोजन गर्नु।
२.
गुतार्नु; हसुर्नु; घिच्नु (निन्दार्थमा)।
३.
अर्काको रुपियाँपैसा वा मालसामान आदि लिएर नतिर्नु वा फिर्ता नदिनु; पचाउनु।
४.
दुःख, कष्ट, हन्डर, गोता आदि भोग्नु, बेहोर्नु। ५ कुनै काम बनाइदिने निहुँले घुस लिनु; भ्रष्टाचार गर्नु।

सम्बन्धित शब्दहरू