खेल्नु
Romanized: khelnu
धन लगाएर वा नलगाईकन हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [संस्कृत खेल्+नु]
१.
धन लगाएर वा नलगाईकन हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु।
२.
मन बहलाउन, व्यायाम गर्न वा समय बिताउनका निम्ति कुनै खेलबाडमा भाग लिनु; राष्ट्रिय वा अन्तरराष्ट्रिय आदि खेलप्रतियोगितामा सामेल हुनु। (उदा.- यस वर्षको फुटबल प्रतियोगितामा विदेशबाट पनि केही टिम फुटबल खेल्न आउँदै छन्)।
३.
नाटक आदिमा अभिनय गर्नु; नाचतमासा गर्नु।
४.
व्यापारमा पैसा लगाउनु; उद्योगव्यवसायमा धन खर्च गर्नु।
५.
(अकर्मक क्रिया)
मनमा शब्द, विचार आदिको तर्कवितर्क उब्जनु; भएनभएका कुरा मनमा उब्जनु।
६.
आफूभन्दा बलियोसँग जुध्नु। (उदा.- ऊ बाघसँग खेलिरहेको छ)।
७.
हावाले हाँगा, पात आदि हल्लनु।
८.
हर्ष आदिले मन प्रसन्न हुनु।
९.
साना बालकहरू कुनै वस्तु, विचार वा चालमा एक्लै वा सामूहिक रूपमा अलमलिनु।
उदाहरण वाक्य
- यस वर्षको फुटबल प्रतियोगितामा विदेशबाट पनि केही टिम फुटबल खेल्न आउँदै छन्