खेवा

Romanized: khevaa, khewaa, khev, khewa

खेवा (khevaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खेवा(१)

(नाम [प्राकृत खेप])
१..
व्यापार आदिका मालसामान एक ठाउँबाट अर्को ठाउँमा पुऱ्याउने काम; खेप; ओसारपसार।
२..
उक्त खेपको सामग्रीका रूपमा प्रयोग गरिने मालसामान।

खेवा(२)

(नाम [√ खियाउ])
१..
नाउ वा डुङ्गाबाट नदी पार गर्दा लिइने महसुल; नाउबाट नदी तारेको ज्याला।
२..
नदी तर्ने वा तार्ने काम।

सम्बन्धित शब्दहरू