गति
Romanized: gati
एक स्थिति, रूप आदिबाट अर्को स्थिति, रूपआदिसम्मको परिवर्तन वा एक ठाउँदेखि अर्को ठाउँसम्मको गमन; चाल; हिँडाइ;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक स्थिति, रूप आदिबाट अर्को स्थिति, रूपआदिसम्मको परिवर्तन वा एक ठाउँदेखि अर्को ठाउँसम्मको गमन; चाल; हिँडाइ; सराइ; वेग।
२.
कुनै पनि वस्तु वा प्राणीको दशा; अवस्था।
३.
सम्भावित प्रयासको सीमा; क्षमता; शक्ति; तागत।
४.
जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था।
५.
मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया।
६.
ईश्वरीय स्वरूप; मोक्ष; मुक्ति।
७.
प्रवेश; पहुँच।
८.
मार्ग; बाटो।
८.
वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च); नाडी।