चउर
Romanized: chaura, chaur, caur, caura
खनजोत नगरी त्यसै रहेको वा छोडिएको दुबो वा ससाना घाँसपात उम्रने, केही रुखबिरुवा वा पोथ्रा बिच-बिचमा र किनारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चत्वर]
१.
खनजोत नगरी त्यसै रहेको वा छोडिएको दुबो वा ससाना घाँसपात उम्रने, केही रुखबिरुवा वा पोथ्रा बिच-बिचमा र किनारमा भए पनि प्रायः खुला रहने, सार्वजनिक रूपमा प्रयोग गरिने समथरिलो फराक जमिन; गौचर; चौर।
२.
कसैको भूस्वामित्व भए पनि खनजोत नगरिएको र खेतीपाती नलगाई त्यसै रहेको वा छाडिएको दुबो र ससाना घाँस उम्रने खुला र समथरिलो जमिन।