चिम
Romanized: chima, chim, cim, cima
लालटिन, लम्फा आदिका दीपशिखाको वरिपरि लगाइने काँचको अवयव वा ढकनी; बिजुलीको बल्ब; गुलुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी चिमनी]
१.
लालटिन, लम्फा आदिका दीपशिखाको वरिपरि लगाइने काँचको अवयव वा ढकनी; बिजुलीको बल्ब; गुलुप।
२.
आगोबाट निस्किएको धुवाँ बाहिर पठाउन बनाइएको निकास; ठुलो ढुग्रो; घरको छानामाथि वा इन्जिनयुक्त यन्त्रहरूमा धुवाँको निकासका निम्ति बनाइने ढुग्रोका आकारको अवयव।
३.
आलो बाँस फोरेर एउटा भाटो अर्कोसित नअलग्गिने गरी बनाइएको बेर्ने वा ओछ्याउने साधन।