चौखुट
Romanized: chaukhuta, chaukhut, caukhut, caukhuta
चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुष्क]
१.
चारैतिर बराबर गरी तयार पारिएको वस्तु; चारै कुना मिलेको वा भएको साधन।
२.
झ्याल, ढोका आदिका निम्ति बनाइएको द्वारमण्डल; चौकोस ।
३.
बराबर अड्कलिएका चार अंशमध्ये कुनै एक।