छचल्को
Romanized: chhachalko, chachalko, chhacalko, chacalko
गाग्रा आदिको आधा पानी ठक्कर लाग्दा उछिट्टिने क्रिया वा गतिः छचल्किने काम; उद्वेलन, छोत्ल्याक-छोत्ल्याक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अनुकरण मूल छल् (द्वि.)+को]
१.
गाग्रा आदिको आधा पानी ठक्कर लाग्दा उछिट्टिने क्रिया वा गतिः छचल्किने काम; उद्वेलन, छोत्ल्याक-छोत्ल्याक ।
२.
उक्त क्रिया वा गतिबाट उत्पन्न ध्वनि।
३.
बिथोल्ने काम वा अवस्था; बिथोलो; गज्मौरो।