छाम्नु
Romanized: chhaamnu, chhamnu, chaamnu, chamnu
छालाको स्पर्शको सहायताले कुनै वस्तु वा त्यसको विशेषता पत्ता लगाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [चाम८ संस्कृत चर्म+नु]
१.
छालाको स्पर्शको सहायताले कुनै वस्तु वा त्यसको विशेषता पत्ता लगाउनु।
२.
स्पर्श गर्नु वा छुनु।
३.
छोएर खोजी गर्नु
४.
कसैको शक्ति, हालत, ज्ञान, धन आदिको अड्कल लगाएर उसको महत्त्व वा स्तर पत्ता लगाउनु।