छाया

Romanized: chhaayaa, chhaaya, chhayaa, chhaay

सूर्यका किरणहरू छेकिएको ठाउँ; रुखपात आदिले सूर्यलाई छेक्दा पर्न गएको ओझेल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सूर्यका किरणहरू छेकिएको ठाउँ; रुखपात आदिले सूर्यलाई छेक्दा पर्न गएको ओझेल ।
२.
बत्तीको प्रकाश छेकिँदा देखापर्ने ओझेल।
३.
ऐना, पानी आदिमा देखापर्ने वस्तुको प्रतिबिम्ब; टक; टलक; टहक।
४.
एक वस्तुको अर्का वस्तुमा पर्न गएको प्रभाव।
५.
नक्कल गरिएको स्थिति; अनुकृति।
६.
जस्ताको तस्तो गरिएको उल्था; दुरुस्त अनुवाद।
७.
मिल्दोजुल्दो अवस्था; सादृश्य।
८.
अँध्यारो; प्रकाशहीन स्थिति।
९.
आफूभन्दा ठुलाको आश्रय।
१०.
सूर्यकी ल्याइते पत्नीको नाम।

सम्बन्धित शब्दहरू