छिचरो

Romanized: chhicharo, chicharo, chhicaro, chicaro

बिचबिचमा पक्ति नमिलेको; बिचबिचमा छिद्र परेको (दाँत)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत छित्वर]

१.
बिचबिचमा पक्ति नमिलेको; बिचबिचमा छिद्र परेको (दाँत)।
२.
छिद्र परेका दाँत भएको (व्यक्ति)।
३.
मनमा लागेका कुरा धक नमानी बोल्ने; मुखको पचपचे; निर्लज्ज।
४.
(नाम) मनमा लागेका कुरा पचपची बोल्ने मानिस। स्त्री. छिचरी।

सम्बन्धित शब्दहरू