छेलो
Romanized: chhelo, chelo
फलाम वा ढुङ्गाको डल्लो हत्केलामा लिई कुममाथिबाट, ताकेको रेखामा उभिई सकेसम्म टाढा पुग्ने गरी हुऱ्याइने खेल;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत शैलक]
१.
फलाम वा ढुङ्गाको डल्लो हत्केलामा लिई कुममाथिबाट, ताकेको रेखामा उभिई सकेसम्म टाढा पुग्ने गरी हुऱ्याइने खेल; छेलो हानी खेल्ने खेल।
२.
छेलो हानी खेल्ने, बाटुलो ढुङ्गो वा फलामको गोलो डल्लो।
३.
पातलो ढुङ्गो वा पाङ्ग्राका गेडा जस्तै आकारको वस्तुलाई पानीमा उफ्रिँदै परसम्म पुग्ने हिसाबले हुत्त्याई खेलिने खेल।