जानु
Romanized: jaanu, janu
जानु (jaanu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
जानु(१)
(अकर्मक क्रिया [संस्कृत यान > प्राकृत जाण])
१..
कुनै चौपाया, दोपाया, पङ्खी आदि पुरानो ठाउँबाट नयाँ ठाउँमा पुग्नु वा पुग्नका लागि हिँड्नु।
२..
हिँडेर, उडेर वा गुडेर व्यक्ति, वस्तु वा ठाउँलाई छोडी अन्तै कतै पुग्नु वा पुग्नका लागि अघि बढ्नु।
३..
हावा, सास आदि खुस्कनु; उम्कनु।
४..
छुट्टिनु; बाहिरिनु।
५..
मर्नु।
जानु(२)
(नाम [संस्कृत])
1.
शरीरमा तिघ्रा र पिँडौलाका बिच हाडको पाङ्ग्रे जोर्नी भएको ठाउँ; घुँडो।