तरङ्ग

Romanized: tarangga, tarangg, tarang, taranga

हावा वा बगाइको वेगले पानीको सतहमा उठ्ने लहर; छाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हावा वा बगाइको वेगले पानीको सतहमा उठ्ने लहर; छाल।
२.
नदीको मुखमा ज्वारको वेगले गर्दा उठेको पानीको खम्बा।
३.
भूकम्पको लहर।
४.
उत्साह, उमङ्ग, चञ्चलता आदिका अवस्थामा मनमा उठ्ने तर्कवितर्क।
५.
सङ्गीतमा स्वरको उतारचढाव हुँदा हुने कम्पन; स्वरलहरी ।
६.
बौलट्टी चाल; छाँटा।
७.
ध्वनि, प्रकाश र अरू पनि प्रसारणयोग्य वस्तुको प्रसारमा हुने विस्तृत रूप।

सम्बन्धित शब्दहरू