ताल

Romanized: taala, taal, tal, tala

ताल (taala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

ताल(१)

(नाम [संस्कृत तल्ल])
1.
पानी प्रशस्त जमेको ठाउँ; ठुलो प्राकृतिक पोखरी; दह।

ताल(२)

(नाम [संस्कृत])
१..
नाचगानको ढङ्ग वा पारा; छाँट; चाल।
२..
खुसी प्रकट गर्दा दुई हत्केला बजाएर निकालिने शब्द; ताली।
३..
मादल, तबला, झ्याम्टा आदि ठोकेर वा जुधाएर बजाइने बाजाको मात्रा।
४..
ढोकाको आग्लो खोल्ने वा लगाउने फलामे साधन।
५..
झ्यालढोकाको चौकोस कस्नाका निम्ति गाह्रोमा तेर्स्याइने लामो काठ।
६..
ताडको रुख।
७..
कामगराइको चोटि वा पटक।
८..
सन्जोग; मौका।

सम्बन्धित शब्दहरू