दिन
Romanized: din, dina
आकाशमा सूर्य देखिउन्जेलको समय; सूर्यको उदय भएदेखि अस्त नहोउन्जेलको अवधि; दिउँसो; दिवस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आकाशमा सूर्य देखिउन्जेलको समय; सूर्यको उदय भएदेखि अस्त नहोउन्जेलको अवधि; दिउँसो; दिवस।
२.
अघिल्लो सूर्योदयदेखि पछिल्लो सूर्योदय पर्यन्तको समय; अहोरात्र; चौबिस घण्टा वा आठै प्रहर।
३.
रातको बाह्र बजेदेखि सुरु भएर पछिल्लो रातको बाह्र बजेसम्म चौबिस घण्टाको समय।
४.
समय; बेला; बखत; मौका।
५.
तोकिएको समय; निश्चित समय; आवश्यक समय।
६.
सात वारमध्येको एक वार । ७ दिनदशा; अनिष्ट दशा।