दूत

Romanized: dut, doota, doot, duut

खबर वा सन्देश ओहोरदोहोर गर्ने व्यक्ति; विमष्यार्थ, मितार्थ र शासनहारक नामका तीन दूतमध्ये कुनै एक;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खबर वा सन्देश ओहोरदोहोर गर्ने व्यक्ति; विमष्यार्थ, मितार्थ र शासनहारक नामका तीन दूतमध्ये कुनै एक; सन्देशवाहक; चर।
२.
राजनीतिक कार्यका निम्ति एक देशबाट अर्का देशमा गएर बसी कुटनैतिक काम गर्ने प्रतिनिधि; राजनीतिक प्रतिनिधि; राजदूत।
३.
प्रेमीप्रेमिकाको सन्देश ल्याउने वा लाने पात्र।
४.
यताको कुरा उता र उताको कुरा यता लगाई झगडा पार्ने व्यक्ति; छुल्याहा।
५.
कनसुत्लो लागेर गोप्य कुरा फेला पार्ने व्यक्ति; गुप्तचर।
६.
नाटकका नायकको सन्देशवाहक; नाटकका नायकको एक किसिमको सहायक।

सम्बन्धित शब्दहरू