देवता
Romanized: devataa, dewataa, devat, dewata
पूज्य तथा जरा र मृत्युरहित मानिने, स्वर्गमा रहेका प्राणी; देव; देउता; द्यौता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पूज्य तथा जरा र मृत्युरहित मानिने, स्वर्गमा रहेका प्राणी; देव; देउता; द्यौता।
२.
दिव्य प्रतिष्ठा वा शक्ति; देवत्व।
३.
देवताको मूर्ति; देवप्रतिमा।
४.
प्रभुत्वशक्ति वा ज्ञानगुण तथा सज्जनताका दृष्टिले देवगुण भएका मानिने व्यक्ति (क्रमशः राजा, ब्राह्मण र साधु)।