दोपहरे
Romanized: dopahare
बकाइनाका जस्ता पात हुने तथा रातो, पहेँलो, सेतो र निलो चार रङको फूल फुल्ने एक जातको बोट; त्यसैको फूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बकाइनाका जस्ता पात हुने तथा रातो, पहेँलो, सेतो र निलो चार रङको फूल फुल्ने एक जातको बोट; त्यसैको फूल।
२.
रोपाइँ गर्दा दुई पहर समय गएपछि हली, बाउसे, रोपार आदिलाई दिइने विशेष खाजा।
३.
दिनमा खाइने खाजा; अर्नी।