दोब्रिनु
Romanized: dobrinu
दोबर हुनु; एकको दुई, दुईको चार भएर बढ्दै जानु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [दोबर+इ+नु]
१.
दोबर हुनु; एकको दुई, दुईको चार भएर बढ्दै जानु ।
२.
खुम्पिँदैखप्टिँदै पत्रपत्र पर्नु; पट्टिनु ।
३.
हँसिया, कोदालो आदिको धार फर्कनु।
४.
भोकले गर्दा पेट ख्याप्प भएर भित्र पस्नु।
५.
लाजले शिर निहुरनु।