धातु

Romanized: dhaatu, dhatu

अपारदर्शक, विशेष प्रकारको चमक र गुरुत्व रहने, ताप र विद्युत्को सञ्चार हुन सक्ने कुटेर लम्याउँदा वा बढाउँदा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अपारदर्शक, विशेष प्रकारको चमक र गुरुत्व रहने, ताप र विद्युत्को सञ्चार हुन सक्ने कुटेर लम्याउँदा वा बढाउँदा नटुक्रिने सुन, चाँदी, पित्तल, तामा, फलाम आदि खनिज पदार्थ।
२.
शरीरमा रहने रस, रगत, हाड, मासु, बोसो, मासी र वीर्य गरी जम्मा सात तत्त्व।
३.
भूतत्त्व (पञ्च महाभूत, पञ्चतन्मात्रा)।
४.
क्रियाको मूल तत्त्व (खा, देख, बोल्, लेख, इ.)।
५.
वास्तु वा मूर्तिकलामा एक अङ्गुल वा एक मात्राको सात गुना बराबरको नाप; दृष्टि, मुनि, पाताल अब्धि बराबरको नाप; सात अङ्गुल ।

सम्बन्धित शब्दहरू