नक्सा
Romanized: naksaa, naks, nakshaa, naksha
रेखाद्वारा तयार गरिएको कुनै चित्र; रेखाचित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी नक्श > नक्शा]
१.
रेखाद्वारा तयार गरिएको कुनै चित्र; रेखाचित्र।
२.
देश, सहर, नदी, पहाड, समुद्र आदिको सङ्केतसहित लेखिएको पृथ्वी वा खगोलको चित्र; मानचित्र; भूचित्र।
३.
घर, मन्दिर, पुल आदि बनाउन तयार पारिने, नाप-नमुनासहितको चित्र।
४.
आकृति; आकार; रूपरेखा (जस्तो- एकै नक्साको, मिल्दो नापनक्सा इ.)।