नाडी

Romanized: naadi, naadee, nadee, nadii

शरीरभित्रका विभिन्न अवयवमा रगत बग्ने नली; रक्तवाहिनी नली; धमनी; शिरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
शरीरभित्रका विभिन्न अवयवमा रगत बग्ने नली; रक्तवाहिनी नली; धमनी; शिरा।
२.
नियमित रूपले रक्त सञ्चालन हुने तथा गतिको घटबढ नाप गरिने हातको नसा।
३.
हत्केलाको फेद, नारी।
४.
ज्योतिषशास्त्रअनुसार वर वधूको राशिगणनामा कल्पित चक्रको नक्षत्रसमूह।
५.
मर्मस्थल; सन्नी।
६.
हठयोगअनुसार षट्चक्रको अभ्यास गर्दा शरीरमा अवस्थित इडा, पिङ्गला र सुषुम्ना तीन नली।
७.
छ क्षणको एक कालमान।
८.
वास्तु वा मूर्तिकलामा प्रयुक्त हुने एक अङ्गुल वा मात्राको दश गुना बराबरको नाप; सय ताल, आयुध वा प्रादुर्भाव बराबरको नाप; दश अङ्गुल बराबरको नाप।

सम्बन्धित शब्दहरू