निकट

Romanized: nikat, nikata

नाम, सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएकै मिल्ने छेउ वा समीपको अर्थ बुझाउने एक प्रकारको अव्यय। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नामयोगी [संस्कृत]

१.
नाम, सर्वनाम, विशेषण आदिसँग विभक्ति जोडिएकै मिल्ने छेउ वा समीपको अर्थ बुझाउने एक प्रकारको अव्यय।
२.
पास; नजिक; समीप ।
३.
(विशेषण) नजिकको; वरको; आत्मीय; घनिष्ठ। (उदा.- रामका लागि लक्ष्मणभन्दा निकट सीता नै ठहरिन्छिन्)।
४.
(क्रियाविशेषण) समीपमा; नजिकै। (उदा.- तिमी मेरै निकट छौ)।
५.
(नाम) नजिकको स्थिति वा नजिक हुनाको अवस्था वा परिस्थिति; सामीप्य।

उदाहरण वाक्य

  • रामका लागि लक्ष्मणभन्दा निकट सीता नै ठहरिन्छिन्

सम्बन्धित शब्दहरू